नियम १९
राजनैतिक दलको मान्यता<br>
(१) ऐन प्रारम्भ भए पछि निर्वाचनमा भाग लिन चाहने राजनैतिक दलले ऐन र यस नियमावलीमा लेखिए बमोजिम रीत पु¥याई आयोगमा दर्ता भएमा त्यस्तो राजनैतिक दलले निर्वाचन प्रयोजनको लागि मान्यता प्राप्त गरेको मानिनेछ ।
(२) ऐन प्रारम्भ हुनु अघि निर्वाचन प्रयोजनको लागि आयोग समक्ष दर्ता भएको राजनैतिक दलले ऐन प्रारम्भ भए पछि निर्वाचनमा भाग लिन आयोगबाट मान्यता प्राप्त गर्न चाहेमा ऐन र यस नियमावलीमा लेखिएको रीत पु¥याई आयोग समक्ष दर्ता गराएमा त्यस्ता राजनैतिक दलले निर्वाचन प्रयोजनको लागि मान्यता प्राप्त गरेको मानिनेछ ।